logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

शंकास्पद बिलबिजकसहितको ट्रक नियन्त्रणमा


  • उज्यालो अभियान

हरिपुर, १० मंसिर – इलाका प्रहरी कार्यालय हरिपुरको टोलीले शङ्कास्पद बिलबिजक भेटिएपछि नवलपुरबाट सदरमुकाम मलंगवातर्फ गइरहेको मधेश प्रदेश–०४–००१ क ००४२३ नम्वरको ट्रकबाट आठ लाख ५२ हजार ६४५ रुपियाँ बराबरको समान नियन्त्रणमा लिएको छ ।

हरिपुरका प्रहरी निरीक्षक रोमनराज अर्यालको नेतृत्वमा खटिएको प्रहरी टोलीले नवलपुर–मलंगवा सडक अन्तर्गत हरिपुर नगरपालिका–४, हरैयाबाट नियन्त्रणमा लिएको ट्रकभित्रबाट २२२ बोरा लसुन, पाँच बोरा सुपारी र २० बोरा भटमास बरामद गरेको हो ।

बरामद गरिएको आठ लाख ५२ हजार ६४५ रुपियाँ बराबरको समान र ट्रकलाई २० लाख रुपियाँ मूल्य कायम गरी थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको हरिपुर प्रहरीले जनायो ।