बागमती, ०८ मंसिर – माेटरसाइकलकाे ठक्करबाट शनिबार साँझ बागमतीमा एकजना पुरुषकाे मृत्यु भएकाे छ ।
बागमती नगरपालिका-११ महेन्द्र जनता मावि स्थित महेन्द्र राजमार्गमा बागमतीबाट हरिवनतर्फ जाँदै गरेको बा. प्र.०२-०४५ प ३०४८ नम्बरकाे मोटरसाइकलकाे ठक्करबाट स्थानीय ५५ वर्षीय शिव थापाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । प्रहरीका अनुसार बाटो क्रस गर्दैगर्दा थापालाई शनिबार साँझ सबा ६ बजेतिर माेटरसाइकलले ठक्कर दिएकाे थियाे । उपचारका लागि तत्काल नमूना अस्पताल हरिवनमा पुर्याउँदा घाइते थापालाई चिकित्सकले मृत घाेषणा गरेकाे प्रहरीले जनाएकाे छ ।
मोटरसाइकल चालक सिन्धुलीकाे हरिहरपुरगढी गापा-८ निवासी कर्ण बहादुर सिंजालीको छोरा ३० वर्षीय आयुष सिंजालीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकाे प्रहरीले जनायाे ।
त्यसैगरी ब्रह्मपुरी गापा-२ स्थित भित्री सडकखण्डमा शनिबार पाैने ६ बजे पर्साबाट केशरगंजतर्फ जाँदै गरेको मधेश प्रदेश-०३-३४ प ३४५५ नं.को स्कुटीले ठक्कर दिँदा साईकल यात्री ७० वर्षीय राजपत साह घाइते भएका छन् । त्यस्तै स्कुटी पछाडी सवार पर्सा गापा-५ निवासी स्कुटी चालककी श्रीमती ३० वर्षीया बिनिता यादव समेत घाइते भएकी छिन् । त्यस्तै बिनिताकाे छाेरा ५ वर्षीय यनस यादवको दाया खुट्टामा चोट लागेकाे छ । सोही स्कुटीमा सवार बिनिताकै छोरा १० वर्षीय सुभिन यादवलाई भने कुनै चाेट लागेकाे छैन । स्कुटी चालक ४० वर्षीय सुधिश यादव भने उपचारमा संलग्न रहेको प्रहरीले जनाएकाे छ ।