हरिपुर, ०४ मंसिर – सर्लाहीको हरिपुर नगरपालिका स्थित ग्रामीण नारी उत्थान संघको संयोजनमा दुई अशक्त व्यक्तिहरूलाई साेमबार ह्विलचेयर प्रदान गरिएको छ।
पाँच वर्षअघि बस दुर्घटनामा परेर शारीरिक रूपमा पूर्ण अपांग भएका हरिपुर नगरपालिका-६ का ४२ वर्षीय जितेन्द्र ठाकुर र प्यारालाइसिसका कारण पूर्ण रूपले अपांग भएका ईश्वरपुर नगरपालिका-९ का ४७ वर्षीय राम बाहादुर चौधरीलाई ह्विलचेयर प्रदान गरिएकाे हाे । ह्विलचेयर प्रदान कार्यक्रममा हरिपुर नपाका वडाध्यक्ष प्रेमहरि श्रेष्ठ, ईश्वरपुर नपाका वडाध्यक्ष नन्दलाल चाैधरी, ग्रामीण नारी उत्थान संघ का उपाध्यक्ष विष्णु प्रसाद चालिसे लगायतकाे उपस्थिती रहेकाे थियाे ।
लायन्स क्लब अफ काठमाडौं हिल्सबाट प्राप्त भएको ह्विलचेयर ग्रामीण नारी उत्थान संघ मार्फत हस्तान्तरण गरिएकाे हाे ।