logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

६ सय बढी महिलालाई वडाध्यक्ष सर्मिलाले बाँडिन साडी


  • उज्यालो अभियान

बरहथवा, २२ कात्तिक – सर्लाहीको बरहथवा नगरपालिका–१०, की वडाध्यक्ष सर्मिला कुमारी रामले आफ्नो व्यक्तिगततर्फबाट वडाभित्रका छठका व्रतालुलाई साडी वितरण गरेकी छन् ।

उनले हिजो करिव ६७० जना महिलालाई साडी उपलब्ध गरेकी हुन् । छठमा नयाँ र जोखो वस्त्र धारण गर्नुपर्ने मान्यता रहेकाले आर्थिक अवस्था कमजोर रहेका गरिव, विपन्न बर्गका महिलालाई थोरै भएपनि राहत पुगोस् भनी साडी वितरण गरेको वडाध्यक्ष रामले बताईन् ।

वडाध्यक्ष रामले वडाभित्रका विभिन्न अगुवासहित विपन्न परिवारको बस्तीमै पुगेर साडी वितरण गरेकी हुन् ।