logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

जिल्ला स्तरीय भलिबल : उपाधिका लागि बसनियाँ र बडकुर्वाले खेल्ने


  • उज्यालो अभियान

बयलवास, २१ कात्तिक – सर्लाहीको ईश्वरपुर नगरपालिका–१५, बसनियाँमा आयोजित जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधिका लागि आयोजक र बडकुर्वाले खेल्ने भएका छन् ।

आज सम्पन्न सेमिफाइनल खेलमा जित निकाल्दै उपाधिका लागि आयोजक सतनाम युवा क्लब ईश्वरपुर नगरपालिका १५ बसनिया र न्यु एभरेष्ट युथ क्लब चन्द्रनगर गाउँपालिका ३ बडकुर्वाले खेल्ने भएका हुन् । फाइनल खेल पर्सी शुक्रबार हुने छ ।

प्रतियोगिताको बिजेताले ३० हजार र उपबिजेताले १५ हजार प्राप्त गर्ने छन् ।