logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

निर्माणाधीन घरको पर्खाल भत्किँदा मजदुरको मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

बरहथवा, १९ कात्तिक – सर्लाहीको बरहथवामा निर्माणाधीन घरको पर्खाल भत्किँदा एक मजदुरको मृत्यु भएको छ ।

छेउमा सेफ्टी ट्याङकीका लागि खाल्डो खनिरहँदा बरहथवा नगरपालिका-७, का राजनारायण साहको बन्दै गरेको घरको पर्खाल ढलेर किच्दा बसबरिया गाउँपालिका-३, का १७ वर्षीय रवीन माझीको मृत्यु भएको हो ।

हिजो दिउँसोपख भएको यस घटनामा अर्का मजदुर बसबरिया गाउँपालिका-३, कै १९ वर्षीय विकास कुमार महतो घाइते भएका छन् । महतोको बरहथवाकै एक अस्पतालमा उपचार चलिरहेको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी गौतम थापाले जानकारी दिए ।

मृतक रवीन माझीको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टमपछि परिवारले बुझेका छन् ।