logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लक्ष्मीपूजा गर्दा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

मलंगवा, १६ कात्तिक – सर्लाहीको धनकौल गाउँपालिका–४ मा लक्ष्मीपूजा गरिएको मैनबत्तीबाट आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

स्थानीय जितु रायको काठले बनेको कच्ची घरमा माथिल्लो तलाको पूजा कोठामा बालिएको मैनबत्तीबाट आगलागी भएको हो ।

आगलागीबाट कोठाभित्र रहेको दराज, टिभी, कपडा, सुनचाँदीलगायत जलेर नष्ट हुँदा दुई लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको पीडितले बताएका प्रहरीले उल्लेख गरेको छ ।