logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

कोइराला परिवारद्वारा आश्रममा भोजन


  • उज्यालो अभियान

जुटपानी, १६ कात्तिक – लालबन्दी नगरपालिका-२, जुटपानी निवासी एक परिवारले आज जुटपानी आश्रममा भोजन गराएको छ।

दिवंगत मेघराज कोइरालाको मासिक पुण्य तिथीको अवसरमा उनको परिवारले पद्म-भुवनेश्वरी नमूना वृद्ध सेवाश्रम जुटपानीमा आज बिहानको एक छाक मिष्ठान्न भोजन गराएको हो । कोइरालाका छोरा बुहारी रोशन कोइराला/एलिना कोइराला, अमन कोइराला/उर्मिला कोइराला, नातीहरु आयुष कोइराला, प्रत्युष कोइरालासहित परिवारको तर्फबाट आश्रममा आश्रय दिएर राखिएका वृद्धवृद्धा लगायतलाई भोजन गराइएको आश्रमकी संरक्षक भवानी कोइरालाले जानकारी दिईन् ।

कार्यक्रममा भैरवीदल गण पाँचकुमारी ब्यारेकका गणपति सूर्यबहादुर कार्की, नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्री, पत्रकार महासंघका मधेश प्रदेश समितिका कोषाध्यक्ष विश्वनाथ ठाकुरलगायत सहभागी भएका आश्रमले जनाएको छ ।

यस्तै दिवंगत आमा परममाया तिमल्सिनाको वार्षिक पुण्य तिथी पारेर बागमती नगरपालिका ४ निवासी छोरा खडानन्द तिमल्सिनाले आज बेलुकाको मिष्ठान्न भोजनको प्रवन्ध गरेका जुटपानी आश्रमले जनाएको छ ।