logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सिटी डिपार्टमेन्ट स्टोरका संचालक कुशेश्वर साहको निधन


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

लालबन्दी, १६ कात्तिक – लालबन्दीस्थित सिटी डिपार्टमेन्ट स्टोरका संचालक कुशेश्वरप्रसाद साहको निधन भएको छ ।

करिव ६५ वर्षीय साह हिजो बेलुकापख आफ्नै घरको छतमा हिँडिरहेका बेला अचानक छतमै लडेका थिए । उनलाई तत्कालै घर अगाडि रहेको गाउँमैत्री अस्पतालमा उपचारका लागि पुर्याइयो ।

यहाँ उपचार सम्भव नभएपछि बर्दीबास पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका पारिवारिक स्रोतले जनाएको छ । साहको शव बर्दीवासमै पोष्टमार्टमपछि परिवारले बुझेका छन् ।

यसैबिच सिटी डिपार्टमेन्ट स्टोरमा चोरी भएको हल्ला फैलिएपनि इलाका प्रहरी कार्यालय लालबन्दीले त्यहाँ चोरी, डकैतीका कुनै घटना नभएको जनायो ।