बयलवास, १५ कात्तिक – सर्लाहीको ईश्वरपुर नगरपालिका-६, बयलवासमा ७ महिनाअघिदेखि प्रशारण आरम्भ गरेको रेडियो निगरानी १०७ मेगाहर्जको आज औपचारिक उद्घाटन गरिएको छ ।
रेडियोका संचालक राकेश गुप्ताको अध्यक्षता तथा पूर्व राज्यमन्त्री शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा रेडियोको उद्घाटन गरिएको हो ।
रेडियोको उद्घाटन समारोहमा ईश्वरपुर नगरपालिकाकी उपप्रमुख रन्जितादेवी चौधरी, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, निवर्तमान प्रतिनिधि सभा सदस्य प्रमोद साह, ईश्वरपुरका निवर्तमान मेयर मनोजकुमार देवकोटा, भैरवीदल गण पाँचकुमारीका गणपति सूर्यबहादुर कार्की, नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्री, विभिन्न राजनीतिक दलका पार्टी प्रतिनिधि, सुरक्षा अधिकारी, सञ्चारकर्मीलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमका वक्ता तथा सहभागी अतिथिले रेडियोको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।