logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सिडिओ कार्यालयले भन्यो–लक्ष्मीपूजा गर्दा सावधानी अपनाउनु, अवाञ्छित क्रियाकलपा नगर्नु


  • उज्यालो अभियान

मलंगवा, १४ कात्तिक – जिल्ला प्रशासन कार्यालय सर्लाहीले उज्यालोको पर्व तिहार र पवित्र पर्व छठ मनाउँदा पूर्ण सजगता अपनाउन आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोपालकुमार अधिकारीले आज एक सूचना जारी गर्दै चाडपर्व मनाउनेक्रममा कुनै पनि अवाञ्छित क्रियाकलाप नगर्न अनुरोध गरेका छन् । जिल्ला प्रशासन कार्यालयले चाडपर्व मनाउँदा आतिसबाजी, रकेट, पटका जस्ता बारुदजन्य प्रज्वलनशील पदार्थको प्रयोग, चर्को आवाजमा बाजा (डिजे) बजाउने, आर्केस्ट्रा नचाउने, हो–हल्ला गर्ने, जुवातास खेल्ने जस्ता अवाञ्छित क्रियाकलाप नगर्न/नगराउन आह्वान गरेको हो ।

कार्यालयले तीहार र छठमा बिजुलीजन्य बत्तीहरु बाल्दा वा दीप बाल्दा सावधानी नअपनाउँदा विगतका वर्षहरुमा आगजनी भइ धनजनको नोक्सानी समेत भएको स्मरण गराउँदै पूर्ण सजगता अपनाइ पर्व मनाउन आग्रह गरेको छ ।