logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बाढी पीडितलाई राहत वितरण


  • उज्यालो अभियान

सुनिल ठाकुर

चक्रघट्टा, १२ कात्तिक – सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा न ४ का बाढी पीडित परिवारलाई आज राहत वितरण गरिएको छ ।

सामाजिक अभियन्ता सरोज रायको पहलमा राहत वितरण गरिएको हो । एनसेल फाउन्डेसन र भोलन्टियर कोपर्स नेपाल (भि सी एन) को सहयोगमा राहत वितरण गरिएको सामाजिक अभियन्ता सरोज रायले जानकारी दिए । पीडित ५० परिवारलाई खानेकुरा सहित हाइजिन व्याग वितरण गरिएको हो ।

वितरण गरिएका समानहरुमा कम्बल, बाल्टिन, चामल, दाल, खानेतेल, जीरा, दाल, दालमोठ, चिनी, चायपती, नुन, चना, सोयाबिन र च्युरा रहेको छ । त्यसैगरी हाइजिन व्यागमा टाबेल, नुहाउने साबुन, लुगाधुने साबुन, भाडा माझ्ने साबुन, टुुथपेस्ट, ब्रस, नेलकटर, काइयो र सेनेटरी प्याड रहेको रायले बताए ।

वितरण कार्यक्रममा सहयोगीको रुपमा अमेरिकन नागरिक माइक पाइलटसँगै सन्जिव यादव, दिलिप यादव, धर्मेन्द्र यादव, सुभाष यादव, अनुज यादव सहभागी थिए । राहत वितरण वडाध्यक्ष फैयाज अहमदको रोहवरमा गरिएको हो ।