मलंगवा, ०७ कात्तिक – सर्लाहीका तत्कालिन प्रहरी प्रमुख सन्तोष सिंह राठौर सर्वोत्कृष्ट प्रहरी विशेष सुरक्षा गण प्रमुख पुरस्कारबाट सम्मानित भएका छन् ।
प्रहरी प्रधान कार्यालयले ६९ औँ प्रहरी दिवसको अवसरमा हाल उपत्यका प्रहरी विशेष सुरक्षा गण, त्रिपुरेश्वरमा कार्यरत प्रहरी उपरीक्षक राठौरलाई सम्मान गरेको हो । प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरले हस्ताक्षर गरेको उक्त सम्मान पत्रमा–‘नेपाल प्रहरी कार्यदक्षता मुल्यांकन (पुलिस ब्याटन) २०८१ मा प्रहरी विशेष सुरक्षा गणहरु मध्येबाट उपत्यका प्रहरी विशेष सुरक्षा गण, त्रिपुरेश्वर प्रथम भई तपाई सर्वोत्कृष्ट प्रहरी विशेष सुरक्षा गण प्रमुख हुन सफल हुनुभएकोमा यो प्रशंसा–पत्र प्रदान गरिएको छ’ भनी उल्लेख गरिएको छ ।
एसपी राठौर सर्लाही प्रहरी प्रमुख भएर २०७७ साल भदौ ४ गतेदेखि २०७८ कात्तिकसम्म कार्यरत थिए ।