logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

रवि लामिछाने पक्राउको विरोधमा मलंगवामा रास्वपाको र्याली


  • उज्यालो अभियान

मलंगवा, ०३ कात्तिक – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं निवर्तमान गृहमन्त्री रवि लामिछाने पक्राउ परेको विरोधमा सर्लाही सदरमुकाम मलंगवामा पनि आज र्याली निकालिएको छ ।

रास्वपा सर्लाहीले मलंगवाको बजार क्षेत्रमा र्याली निकालेको हो । र्यालीमा सहभागी भएका रास्वपाका कार्यकर्ताहरुले ‘रवी दाई हाईहाई, भ्रष्टाचारी सरकार मुर्दावाद, राजनीतिक प्रतिशोध साध्न पाइँदैन, अधिनायकवाद चल्दैन, कानुनको गलत दुरुपयोग गर्न पाइँदैन’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

पार्टी सभापति पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले आज देशभर नै प्रदर्शन गरेका छन् ।

सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछानेलाई प्रहरीले हिजो काठमाडौंबाट पक्राउ गरेर पोखरा लगेर अनुसन्धान गरिरहेको छ ।