logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बरहथवा वितरण केन्द्रमा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म बत्ती नआउने 


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

बरहथवा, ०३ कात्तिक – सर्लाहीको बरहथवा वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा आज ८ घण्टा बत्ती काटिने भएको छ ।

नेपाल विद्युत प्राधिकरणको बरहथवा केन्द्रले सूचना जारी गरी आज शनिबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म बत्ती अवरुद्ध रहने जनाएको हो । नवलपुर ग्रिडसवस्टेशनदेखि बरहथवा सवस्टेशनसम्म संचालित ३३ केभी प्रशारण लाइनमा टुटफुट भएको पिनडिक्स बदली र बुस कटिङ अर्थात्का हांगाबिंगा काट्नका लागि बरहथवा वितरण केन्द्र अन्तर्गतको सबै क्षेत्रमा बत्ती अवरुद्ध हुने जनाइएको छ ।

यस्तै लालबन्दी वितरण केन्द्र अन्तर्गतको हरिपुर फिडरबाट वितरण क्षेत्रको बत्ती पनि ६ घण्टा अवरुद्ध हुने भएको छ । हरिपुर फिडरबाट बत्ती छाडिएको ईश्वरपुर नगरपालिकाको विभिन्न भाग, हरिपुर, पचगछिया, पुनरवासलगायत क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म बत्ती नआउने लालबन्दी वितरण केन्द्रले जनाएको छ ।

सदरमुकाम मलंगवास्थित वितरण केन्द्रले भने आज कुनै पनि सूचना प्रकाशित गरेको छैन् । सो हिसाबले मलंगवा वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा बत्ती नियमित नै हुने छ ।