logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

म्याजिक रुखमा ठोक्कियो, अचेत अवस्थामा रहेका चालकको प्रहरीद्वारा उद्धार


  • उज्यालो अभियान

मुर्तिया, ३० असोज – सर्लाहीको मुर्तिया जंगलमा म्याजिक दुर्घटना हुँदा घाइते भई अचेत रहेका चालकको प्रहरीले उद्धार गरेको छ ।

गएराति ११ बजेतिर बरहथवाबाट नयाँरोडतर्फ आइरहेको ना १ ज ६८१० नम्वरको म्याजिक मुर्तिया वन कार्यालय नजिकै जंगलमा रुखमा गएर ठोक्किएको थियो । गाडी रुखमा गएर ठोक्किँदा चालक लालबन्दी नगरपालिका ६ बस्ने १८ वर्षीय सुदीप बिसुङ्खे घाइते भई गाडीभित्रै च्यापिएर अचेत थिए ।

उनलाई प्रहरीको रात्रि गस्ती टोलीले देखेपछि गाडीबाट निकालेर उपचारका लागि अस्पताल लगेको हो । म्याजिक चालक बिसुङ्खेको बरहथवामा उपचार चलिरहेको इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी गौतम थापाले जानकारी दिए ।

थापाका अनुसार रुखमा गएर ठोक्किँदा म्याजिकको अगाडिपटीको भागमा क्षति पुगेको छ । म्याजिकमा अन्य यात्रु भने नरहेको प्रहरीले जनाएको छ ।