बयलवाल, २९ असोज – दुई महिना भन्दा बढी समय साइकल यात्रा गरेर फर्किएका सर्लाहीको ईश्वरपुर नगरपालिका १५ बसनियाँका सचिन कुमार फनैत (चौधरी) लाई सम्मान गरिएको छ ।
चौधरी साइकलमै चढेर दुई महिना ११ दिनमा भारतको बद्रीनाथ नजिक पुग्नुका साथै पशुपतिनाथ लगायत विभिन्न धार्मिक स्थल पुगेर फर्किनुभएको छ । साहसिक यात्रा गरेर फर्किएका चौधरीलाई थारु कल्याणकारी सभा जिल्ला कार्य समिति सर्लाहीले ईश्वरपुर नगरपालिका ९ रामनगरमा एक कार्यक्रमको आयोजना गरी दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्मान गरेको हो ।
थारु कल्याणकारी सभा जिल्ला कार्य समिति सर्लाहीका सभापति सूर्यनारायण चौधरीको अध्यक्षता तथा सर्लाही क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य रामप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा आयोजित सम्मान कार्यक्रममा प्रदेश सभा सदस्य उर्मिला सिंह, अमिरी चौधरी, उदयनारायण चौधरी, आशनारायण चौधरीलगायतले मन्तव्य राखे ।