बरहथवा, २३ असोज – सर्लाहीको बरहथवामा बाढी तथा डुबानबाट प्रभावित परिवारलाई आज नगद सहयोग गरिएको छ ।
युरोपियन युनियन र हेल्भेटास नेपालले सहयोगी समाज नेपाल र वर्क प्लान नेपालको समन्वयमा बरहथवा नगरपालिकाभित्रका बागमती र लखन्देही खोलाको बाढीबाट प्रभावितलाई नगद सहयोग हस्तान्तरण गरेको हो । उक्त बाढीपीडितलाई प्रति परिवार २५ हजारको दरले नगद हस्तान्तरण गरिएको बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटुवालले जानकारी दिए ।
बाढीमा परेका परिवारलाई यो सहयोगले केही हदसम्म राहत मिल्ने विश्वास व्यक्त गरिन् ।
नगरपालिकाकाको सिफारिसका आधारमा नगरपालिकाभित्रका ९४ घरधुरीलाई युरोपियन युनियन र हेल्भेटास नेपालको सहयोगमा नगर प्रमुखमार्फत नगद सहयोग हस्तान्तरण गरिएको वर्क प्लान नेपालका कार्यकारी निर्देशक सुनिल यादवले जानकारी दिनुभयो ।