logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

नगर अस्पताल लालबन्दीमा एक्सरे मेसिन जडान


  • उज्यालो अभियान

लालबन्दी, २२ असोज – नगर अस्पताल लालबन्दीमा डिजिटल एक्सरे मेसिन जडान गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई एक महिनाअघि उपलब्ध गराएको एक्सरे मेसिन आज प्राविधिक आएर जडान गरिदिएका हुन् । जडान गरिएको पहिलो दिन नै आज परीक्षणस्वरुप केही बिरामीको एक्सरे समेत गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्दन चौधरीले जानकारी दिए ।

डा. चौधरीले दशैँपछिबाट एक्सरे मेसिन नियमित सञ्चालन गरिने बताए । एक्सरे मेसिन सञ्चालनका लागि अस्पतालमा यसअघि नै रेडियोग्राफर नियुक्त गरिसकिएको छ ।

एक्सरेको रिपोर्ट हेर्न अस्पतालमा एक जना रेडियोलोजिष्टसहित अन्य चिकित्सक पर्याप्त रहेका मेसु डा. चौधरीले बताए । सरकारी स्वामित्वको नगर अस्पतालमा एक्सरे मेसिन नहुँदा बिरामी बाहिर महँगो शुल्क तिरेर एक्सरे गराएर ल्याउन बाध्य थिए ।

नगर अस्पतालमै मेसिन जडान भएसँगै हाटखुट्टा, छाती, टाउकोलगायतको एक्सरे गर्न बाहिर जानुपर्ने बाध्यता टरेको छ ।

नगर अस्पताल लालबन्दीमा पछिल्लो पटक प्रसुति तथा स्त्री रोग विशेषज्ञ, रेडियोलोजिष्टसहित अन्य विशेषज्ञ चिकित्सक राखेर सेवाप्रवाहलाई सुधार गर्दै लगिएको छ ।