हरिपुर, २१ असोज – सर्लाहीको हरिपुर नगरपालिका–६, लक्ष्मीपुरमा शिक्षाबाट बन्चित महिला तथा बालबालिकालाई अध्यापन गराउन निःशुल्क ट्युसन सेन्टर स्थापना गरिएको छ ।
‘सर्भ नाउ नेपाल’ काठमाडौं नामक संस्थाले सेवा अहिले नै गरौँ भन्ने मूल नारासहित ‘द लाइट हाउस सेन्टर’ स्थापना गरेको हो । संस्थाले शिक्षाबाट बन्चित रहेका महिला तथा बालबालिकालाई निःशुल्क पठनपाठन गराउने उद्देश्यले ट्युसन सेन्टरको भवन समेत तयार पारिदिएको छ ।
उक्त ट्युसन सेन्टरको आज मधेश प्रदेशसभा सदस्य बेची लुंगेलीले उद्घाटन गरेकी छन् ।