नवलपुर, १९ असोज – लालबन्दी नगरपालिका–१, नवलपुरमा रहेको नेत्रगंज महिला बचत तथा ऋण सहकारी संस्थाको आज २३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाको आफ्नै कार्यालय प्राङ्गणमा अध्यक्ष मन्दिरा आचार्यको अध्यक्षता तथा मधेश प्रदेशसभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । सभालाई सम्वोधन गर्दै मधेश सरकारकी निवर्तमान मन्त्री समेत रहेकी प्रदेशसभा सदस्य लुंगेलीले अप्ठेरो र दुःख परेका बेला सहकारी संस्थाले निर्वाह गर्ने भूमिका प्रशंसनीय रहेको उल्लेख गरिन् । लुंगेलीले सहकारी तथा बैंकबाट ऋण लिएपनि ऋण तिर्नुपर्दैन भन्ने भ्रमको खेती गर्नेको पछि नलाग्न आग्रह गर्दै खाएको ऋण नतिर्ने अपराध गर्ने छुट कसैलाई नरहेको बताईन् ।
सभामा लालबन्दी नगरपालिकाको सहकारी शाखाका अधिकृत गोपाल थापा, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव केशव ढकाल, वडा सदस्य अशोक महतो, ग्रामीण बचत तथा ऋण सहकारी संस्थाकी कमलाकुमारी उपाध्याय, नन्देश्वर महिला बचत तथा ऋण सहकारी संस्थाकी ओमकुमारी गौतम, संस्थाकी पूर्व अध्यक्ष शान्ता आचार्यलगायतको आतिथ्यता रहेको थियो ।
संस्थाले गत आर्थिक वर्ष २०८०/८१ मा ८ करोड ८१ लाख ९९७ रुपैयाँ ३७ पैसा कूल कारोवार गरी १९ लाख १९ हजार ४२१ रुपैयाँ १६ पैसा मूनाफा आर्जन गरेको व्यवस्थापक तुलसीकुमारी पौडेलले जानकारी दिईन । सभामा संस्थाका बाल बचतकर्ता, अन्य बचतकर्ता, ऋणीलगायतलाई सम्मान गरिएको कार्यक्रम संचालक एवं संस्थाकी सचिव भविता ढकालले बताईन ।