logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बाढी, पहिरो पीडितको समस्या तत्काल समाधान गर्न माग


  • उज्यालो अभियान

मलंगवा, १७ असोज – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सर्लाहीले बाढी, डुबान तथा पहिरो पीडितको समस्या तत्काल समाधान गर्न माग गरेको छ ।

उक्त पार्टीले हिजो जिल्ला प्र्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै घाइते तथा पीडित नागरिकको उद्धारमा तीव्रता दिइ यथाशिघ्र उचित उपचारको व्यवस्था गर्न र तत्काल गाँस, बाँसको व्यवस्था गर्न माग गरेको हो । अधिकांश मुख्य राजमार्ग खराब भएकाले अस्थायी बेलिब्रिजको व्यवस्था र अन्य सहायक राजमार्गहरु पनि तत्कालै मर्मत गर्न माग गरिएको छ ।

रास्वपाका जिल्ला अध्यक्ष कमलेश साहले हस्ताक्षर गरी बुझाएको ज्ञापन पत्रमा चाडपर्वका बेला हुने कृत्रिम अभाव र कालोबजारी रोक्दै बजार अनुगमनलाई प्रभावकारी बनाउन माग गरिएको छ ।