logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिवनमा कार्यकर्तासँग माधव नेपालको संक्षिप्त भेट


  • उज्यालो अभियान

हरिवन, १६ असोज – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आज दिउँसो हरिवनमा पार्टीका कार्यकर्तासँग संक्षिप्त भेट गरेका छन ।

गृहजिल्ला तथा निर्वाचन क्षेत्र रौतहटमा बाढी तथा डुबानको अवस्थाबारे बुझ्न आउनुभएका नेपालले हरिवनमा केहीबेर कार्यकर्तासँग भेट गरेका हुन । उनले कार्यकर्तासँगको छोटो भेटमा पार्टीको वर्तमान अवस्था र देशको स्थितिबारे कार्यकर्तालाई अवगत गराए ।

नेपाललाई पनि जिल्लामा पार्टीको स्थितिबारे नेतृ बेची लुंगेली, जिल्ला अध्यक्ष सुरेन्द्र लामालगायतका स्थानीय नेताले जानकारी गराए ।