बसबरिया, १६ बसबरिया – निवर्तमान रक्षामन्त्री हरिप्रसाद उप्रेती, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीसहित सुरक्षा अधिकारीको टोलीले आज चक्रघट्टा र बसबरियामा बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेको छ ।
बाढीले दुईवटा पालिकाको विभिन्न भागमा पुगेको क्षतिको स्थलगत निरीक्षण गरी जानकारी लिने काम गरिएको हो । टोलीले बाढी तथा डुबानबाट भएको क्षतिको वास्तविक विवरण तत्काल उपलब्ध गराउन सम्वन्धित निकायका जिम्मेवार शाखालाई निर्देशन समेत दिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
सिडिओ अधिकारीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीले बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायसहितका जनप्रतिनिधि, चक्रघट्टा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलगायत सँग भेट गरी राहत वितरणका सम्वन्धमा चासो राखेका छन् ।