फाइल तस्बीर ।
लालबन्दी, १६ असोज – सर्लाहीमा आज मौसम बदली भएर बिहानैदेखि हुस्सु कुहिरो देखा परेको छ ।
कुहिरो लागेकाले आज यहाँ मौसम उघ्रिन सकेको छैन् । कुहिरो लागेकाले भिजिबिलिट कम रहेको छ । तीन÷चार सय अगाडिको दृश्य प्रष्ट देख्न सक्ने अवस्था छैन् ।
जिल्लामा हिजो पनि दिनभर नै मौसम धाम्मधुम्म भएकोमा आज भने बिहानैदेखि डम्म भएर हुस्सु लागिरहेको हो । तीन दिनको अविरल वर्षापछि यस क्षेत्रमा गर्मी धेरै हदसम्म कम भएको छ ।
घनघोर पानी परेपछि घाम नलागेपनि हुस्सु कुहिरो लाग्दा समेत भित्रीरुपमा स्थानीय वासिन्दाले गर्मी नै महशुस गरेका छन् ।