logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बिहानै उड्ने भनिएको हेलिकप्टर रामेछापमै, आदित्यको शव ल्याउन समस्या


  • उज्यालो अभियान

रानिगन्ज, १६ असोज – पहिरोमा परेर ज्यान गुमाएका युवा फुटबल खेलाडी आदित्य बलम्पाकीको शव आज बिहान सर्लाही ल्याउने प्रयास पनि असफल भएको छ ।

आदित्यको शव बोकेर हिजो दिउँसो काठमाडौंबाट उडेको हेलिकप्टर मौसम प्रतिकूल बन्दा सर्लाही आउन सकेको थिएन । काठमाडौं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट शव बोकेर हेलिकप्टर आदित्यको गाउँ लालबन्दी १७ रानिगन्जका लागि उडेको थियो । तर हिजो पनि मौसम खराबीका कारण हेलिकप्टर यहाँसम्म आउन नै सकेन ।

मौसम खराब हुँदा उदयपुरमा गएर अवतरण भएको हेलिकप्टर साँझ रामेछापमा लगेर राखिएको थियो । आज बिहान मौसम उघ्रिए पुनः त्यही हेलिकप्टरमा बिहान ६ बजे नै शव ल्याउने प्रयास गरिने भनिएको थियो । तर आज थप मौसम बिग्रिएपछि हेलिकप्टर रामेछापबाट अघि बढ्न सकेको छैन् ।

गएको शनिबार बिहान मकवानपुरको सिस्नेरीस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रशिक्षण केन्द्रमा पहिरो जाँदा रानिगन्जका आदित्यसहित ६ जना युवा फुटबल खेलाडीको मृत्यु भएको थियो ।

एन्फाको लापरवाहीले आदित्यको ज्यान गएको भन्दै सोमबार रानिगन्जका स्थानीयले दुई घण्टा पूर्व राजमार्गमा चक्काजाम गरेका थिए ।