logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

प्रदेश सरकारका दुई मन्त्रीसहितको टोलीद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण


  • उज्यालो अभियान

मलंगवा, १५ असोज – मधेश प्रदेश सरकारका दुई मन्त्रीसहितको टोलीले हिजो सर्लाहीको बाढी तथा डुबान प्रभावित क्षेत्रको निरीक्षण गरेको छ ।

मधेश सरकारका श्रम तथा यातायात मन्त्री कौशलकिशोर राय, प्रदेशको उर्जा, सिँचाई तथा खानेपानी मन्त्री शेषनारायण यादव, संघीय सांसद महिन्द्र राय यादव, प्रदेशसभा सदस्य जंगिलाल रायसहितको टोलीले बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेको हो ।

सो टोलीले मलंगवा नगरपालिकाको भाडसर र खुटौना तथा कौडेना गाउँपालिकाको सुकचैना, छपकहिया, सक्रौललगायत क्षेत्रको निरीक्षण गरी क्षतिको विवरणबारे जानकारी लिएको छ ।