प्रतिकात्मक तस्बीर ।
परवानिपुर, १५ असोज – सर्लाहीको लालबन्दी नगरपालिका–१६, परवानिपुरमा एक वृद्धा घरभित्रै मृत अवस्थामा फेला परेकी छन् ।
परवानिपुर चोक निवासी ७३ वर्षीया जगतदेवि बस्नेत आफ्नै घरको कोठाभित्र मृत फेला परेकी हुन् । वृद्धाको शव सड्न थालिसकेको अवस्थामा रहेको प्रहरीले जनायो ।
शवको प्रकृति हेर्दा वृद्धाको दुई/तीन दिनअघि नै मृत्यु भएको जस्तो देखिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए । वृद्धा घरमा एक्लै बस्दै आएकी थिईन ।
छोरासहित परिवारका अन्य सदस्य बाहिर बस्दै आएका बुझिएको छ । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको प्रहरी निरीक्षक पाठकले बताए ।
उनले प्रारम्भिक अनुसन्धानमा वृद्धाको मृत्यु शङ्कास्पद नभइ प्राकृतिक जस्तै देखिएको जानकारी दिए ।