logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

विपन्न विद्यार्थीलाई जनज्योति भूतपूर्व विद्यार्थी समाजद्वारा झोला सहयोग


  • उज्यालो अभियान

लालबन्दी, १५ असोज – जनज्योति भूतपूर्व विद्यार्थी समाजले आज जनज्योति माध्यमिक विद्यालय लालबन्दीमा अध्ययनरत् अतिविपन्न विद्यार्थीलाई झोला सहयोग गरेको छ ।

विद्यालयका ३२ जना विद्यार्थीलाई स्कुल ब्याग उपलब्ध गराइएको जनज्योति भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष राजकुमार न्यौपानेले जानकारी दिए । आफूहरु कक्षाकोठामा पुग्दा झोला नै नबोकी आएका बालबालिका छनोट गरेर यस प्रकारको सहयोग गरिएको न्यौपानेले बताए ।

भूतपूर्व विद्यार्थी समाजका पदाधिकारी तथा सदस्यले आज विद्यालयमा पुगेर शिक्षकहरुको उपस्थितिमा विद्यार्थीलाई झोला वितरण गरेका हुन् ।