हरिवन, १५ असोज – वीरगन्जस्थित आविष्कार केन्द्र संचालनका लागि सहयोग जुटाउन भन्दै किताब बेच्दै हिँडेका भएका महावीर पुन सर्लाहीको हरिवन आइपुगेका छन् ।
गएसाँझ हरिवन आइपुग्नुभएका उहाँले आज बिहानैदेखि सगुन बचत तथा ऋण सहकारी संस्थाकाे कार्यालय भवन अगाडि पुस्तक बेच्न सुरु गरेका हुन् । पुनको किताब स्थानीयले उत्साहित भएर खरिद गरिरहेका छन् ।
विभिन्न आविष्कारको काममा लागेका पुनले आफ्नो जीवन संघर्षमा आधारित भएर लेखेको पुस्तक बेचेरै आविष्कार केन्द्र संचालनको खर्च जोहो गर्ने लक्ष्य लिएका छन् ।
उनी आफ्नो पुस्तक बेच्दै रौतहटबाट सर्लाही आइपुगेका हुन् ।