logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्पदंशबाट महिलाकाे मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

बरहथवा, १४ असाेज – बरहथवा नगरपालिका निवासी १ महिलाकाे सर्पदंशबाट मृत्यु भएकाे छ ।

बरहथवा नपा -३, भगवतीपुर निवासी ३५ वर्षीय चित्ररेखा देवीकाे साेमबार दिउँसाे मृत्यु भएकाे हाे । नवलपुर स्थित सर्पदंश उपचार केन्द्रमा १० भाईल चढाउँदा पनि बिरामीकाे अवस्थामा सुधार नभएपछि थप ५ भाईल एण्टि स्नेक भेनम राखेर चित्ररेखालाई थप उपचारका लागि जनकपुर तर्फ पठाईएकाे थियाे । शरिरमा पूरै विष फैलिसकेकाे अवस्थामा बिरामीलाई ल्याईएकाले उपचारमा समस्या आएकाे उपचार केन्द्रका स्वास्थ्य सहायक जगन्नाथ यादवले जानकारी दिए । आफन्तका भनाई अनुसार बिरामीलाई पहिला बरहथवा स्वास्थ्य केन्द्रमै उपचारकाे प्रयास गरेकाे र त्यहाँबाट यता नवलपुर पठाउँदा विष शरिरभरि फैलिएकाे यादवकाे भनाई छ ।

साेमबार बिहान घर अगाडी दाउरा मिलाउने क्रममा चित्ररेखालाई सर्पले टाेकेकाे थियाे ।