logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

४ दिनदेखि बेपत्ता बालककाे शव भेटियाे


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

बलरा, १४ असाेज – भारतीय सिमाक्षेत्र नजिक बलरा नगरपालिकामा स्थित पानीमा डुबेकाे अवस्थामा ४ दिनदेखि वेपत्ता बालककाे शव फेला परेकाे छ ।

बलरा नपा-३ लक्ष्मीपुर निवासी १२ वर्षीय अंकित ठाकुरको शव पानीमा डुबेकाे अवस्थामा फेला परेको हो । शुक्रबारदेखि वेपत्ता ठाकुरकाे शव साेमबार बिहान ९ बजेतिर घर देखी दुई किलोमिटर दक्षिण पानी जमेको खाल्डोमा डुबेको अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार ठाकुर गत असाेज ११ गते शुक्रबार भारतमा रहेका आफन्तकोमा जान्छु भनेर घरबाट हिँडेका थिए । बलराका अधिकांश भूभाग बागमती नदिकाे भेल पसेर शनिबार दिउँसाेदेखि डुबानमा परेकाे छ ।