logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सगुन सहकारीको अध्यक्षमा पुनः ढकाल चयन


  • उज्यालो अभियान

हरिवन, १३ असोज – सर्लाहीको हरिवनस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः केशवप्रसाद ढकाल चयन भएका छन् ।

हरिवनका मेयर रमेश बुढाथोकी (कमल) नेतृत्वको तीन सदस्यीय निर्वाचन समितिले ढकालको नेतृत्वमा ९ सदस्यीय संचालक समिति निर्वाचित भएको घोषणा गरेको हो । समितिमा राजकुमार उप्रेती उपाध्यक्ष, विनोद कार्की सचिव, पदमा मोक्तान कोषाध्यक्ष, हरिप्रसाद पुडासैनी, टीकाजङ््ग थापा, मुखचन्द्र महतो, सुशीलाकुमारी कटुवाल, बालाकुमारी थापा मगर सदस्य रहेका छन् ।

यस्तै जयशंकर सिंह संयोजक, विप्लव कार्की र निर्मला कुमारी प्रसाई मैनाली सदस्य रहेको तीन सदस्यीय लेखा समिति समेत चयन भएको छ ।

संचालक र लेखा समितिका पदाधिकारी तथा सदस्यको आज संस्थाकै सभाहलमा पद तथा गोपनियताको शपथ तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरिएको संस्थाका प्रवन्धक रवीन्द्र रानाले जानकारी दिए ।