फाइल तस्बिर ।
बरहथवा, १३ असोज – सर्लाहीको बरहथवा नगरपालिका–१५ हरपूर्वा टोलमा बागमती नदी बढेपछि ज्यान जोगाउन रुखमा चढेर बसेका एक व्यक्तिको मध्यरातमा उद्धार गरिएको छ ।
भैँसी चराउन जाँदा बागमती नदीमा बाढी आएपछि तर्न नसकेर स्थानीय ५० वर्षीय वीरेन्द्र राय रुखमा चढेर बसेका थिए । उनलाई गाउँले र नेपाल प्रहरीको सहयोगमा सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धार गरेर बाहिर निकालेको हो ।
हिजो बिहान ११ बजेतिर नै भैँसी चराउन निस्किएका वीरेन्द्रलाई राति १२ बजेतिर रुख चढिरहेको भेट्टाएर उद्धार गरिएको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी गौतम थापाले बताए ।