logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

एकादशी खोलामा फसेकाको सशस्त्र प्रहरीद्वारा उद्धार


  • उज्यालो अभियान

बसबरिया, १२ असोज – सर्लाहीको बसबरिया गाउँपालिका–२, स्थित एकादशी खोलामा फसेका सात जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

शनिबार दिउँसो खोला नजिक रहेको एक घरमा बसिरहेकाहरु पानीको बहाव बढेपछि अलपत्र परेका थिए । सशस्त्र प्रहरी बल नेपालको अगर्बास्थित गणबाट सशस्त्र प्रहरी निरीक्षक पप्पु यादवको नेतृत्वमा खटिएको ३० जना सशस्त्र प्रहरीको टोलीले उनीहरु सबैलाई सकुशल उद्धार गरेको हो ।

सात जनालाई बोट (डुङ्गा) को सहायतामा उद्धार गरी सुरक्षित स्थानमा लगिएको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिए । उनका अनुसार ४८ वर्षीय पटिया देवी, २२ वर्षीया कमरिया देवी, ४५ वर्षीया अकिला देवी, चार वर्षका शिवम कुमार, ५४ वर्षीया धवसी सहनी र ५० वर्षीय हरि मुखियाको उद्धार गरिएको हो ।