logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बाँके जंगलमा यात्रुुबस पल्टियो, उद्धारको काम जारी


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

रानिगन्ज, ११ असोज – पूर्व पश्चिम राजमार्गस्थित सर्लाहीको बाँके जंगलमा आज बिहान यात्रुुबाहक बस पल्टिएको छ ।

घटनास्थलमा पुुग्नुुभएका इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक उमाकान्त जोशीले उद्धारको काम चलिरहेको उज्यालो अभियानसँग बताए । उनले बस पल्टिए पनि ठूूलो किसिमको मानवीय क्षति भने नभएको जानकारी दिए । प्रहरी टोली केहीबेरअघि मात्रै घटनास्थलमा पुुगेकाले विस्तृत विवरण प्राप्त हुन सकेको छैन् ।

राति नै बाँके जंगलस्थित अमुुवा पुुलमा एउटा पिकअप गाडी पनि दुर्घटनामा परेको बुुझिएको छ ।

प्रहरी टोली मोवाइल नेटवर्ट राम्रोसँग नआउने बाँके जंगल क्षेत्रमै रहेकाले दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।