logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

पर्यटकीय स्थलको पर्यटनमन्त्रीसहित अवलोकन


  • उज्यालो अभियान

मलंगवा, ०९ असोज – सर्लाहीका होटल तथा पर्यटन व्यवसायीको अग्रसरमा आज मधेश प्रदेशका पर्यटनमन्त्री समेतको उपस्थितिमा जिल्लाको पर्यटकीय स्थलको अध्ययन अवलोकन गरिएको छ ।

पर्यटकीयस्थलको अवस्था बुुझ्ने र प्रचारप्रसार गर्ने उद्देश्यले मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल अली मियाँको प्रमुख आतिथ्यतामा पर्यटकीयस्थलहरुको अवलोकन गरिएको नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका महासचिव बैकुुण्ठ सापकोटाले जानकारी दिए । सापकोटाका अनुुसार सदरमुुकाम मलंगवामा सुुरुमा अन्तरक्रिया कार्यक्रम गरी दिनभर पर्यटकीयस्थलको अवलोकन गरिएको हो ।

दक्षिणी बेल्टका विभिन्न मठमन्दिर तथा पर्यटकीय स्थलसहित बागमतीस्थित निर्माणाधीन माछापोखरी (भरत ताल) को समेत अवलोकन गरिएको सापकोटाले बताए । मधेश प्रदेशका होटल तथा पर्यटन व्यवसायीले यसरी निरन्तर रुपमा सरोकारवालासमेतलाई सहभागी गराएर पयर्टकीयस्थलको अवलोकन गराउने र प्रवद्र्धन गर्ने काम गरिरहेका छन् ।

यसबाट स्थानीय तथा छिमेकीमुलुक भारतका पर्यटक समेत आकर्षित भई आर्थिकस्थिति चलायमान हुने अपेक्षा व्यवसायीले गर्दै आएका छन् ।