logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

कुलाेकाे पानीमा डुबेर बालिकाकाे मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

पर्सा, ०८ असाेज – जिल्लाकाे पर्सा गाउँपालिका स्थित आफ्नै घर अगाडीकाे कुलाेकाे पानीमा डुबेर बालिकाकाे मृत्यु भएकाे छ ।

पर्सा गापा-५, पर्सा टाेल निवासी बब्लु अंसारीकी छोरी २ वर्षीया आईसा खातुन आफ्नै घर अगाडिकाे कुलाेमा डुबेर मृत अवस्थामा मंगलबार दिउँसाे फेला परेकी हुन् । साँढे ३ बजेतिर घर अगाडी खेल्दै गरेकी खातुनलाई नदेखेपछि आफन्त सहित परिवारले प्रहरीमा खबर गरेका थिए ।

तत्काल घटनास्थल पुगेकाे प्रहरी टाेलीले खाेजतलास गर्दा ४ बजेतिर घरदेखि १५० मिटर दक्षिणतर्फ कुलाेकाे पानीमा डुबेर मृत अवस्थामा खातुनलाई फेला पारेकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए । अहिले घटनास्थल मुचुल्का लगायत काम भइरहेकाे र कागजात तयार गर्ने काम सम्पन्न भएपछि शव पाेष्टमार्टमका लागि सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालमा पठाईने प्रहरीले जनाएकाे छ ।