मलंगवा, ०३ असोज – संविधान दिवसका अवसरमा बिहीबार बिहान सदरमुकाम मलंगवामा प्रभातफेरी निकालिएको छ ।
संविधान दिवस आयोजक मूल समारोह समिति सर्लाहीको आयोजनामा प्रभातफेरी निकालिएको हो । सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, उपप्रमुख जितेन्द्र कुशवाहा, प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, सुरक्षा निकायका प्रमुख, कार्यालय प्रमुख, जनप्रतिनिधि, नागरिक समाज, कर्मचारी, स्थानीयवासी लगायत सहभागी भएका छन् ।
प्रभातफेरीपश्चात प्रादेशिक अस्पताल मलंगवामा भर्ना भई उपचाररत् बिरामीलाई फलफूल वितरण गरिएको छ । दिवसकै अवसरमा जिल्लाका २० वटै पालिकासहित सरकारी कार्यालयहरुमा झण्डोत्तोलन गरिएको छ । पालिकाहरुको आयोजनामा र्याली समेत निकालिएका छन् ।
आज बिहीबार असोज ३ गते संविधान दिवसको अवसर पारेर बेलुका जिल्लाभर दीप प्रज्वलनको कार्यक्रम हुँदै छ ।