logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

संविधान दिवसका अवसरमा मलंगवामा सरसफाई


  • उज्यालो अभियान

मलंगवा, ०२ असोज – संविधान दिवसको पूर्व सन्ध्यामा बुधबार बिहान सदरमुमकाम मलंगवामा सरसफाई गरिएको छ ।

सरसफाईमा जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलगायत सहभागी भएका छन् ।

संविधान दिवस बिहीबार परेको छ । दिवसका अवसरमा जिल्लाभर तीन दिन विविध कार्यक्रम गरी मनाउने यसअघि नै निर्णय भइसकेको थियो ।

दिवसका अवसरमा भोली बिहीबार जिल्ला सदरमुकाम मलंगवामा प्रभातफेरिसहित २० वटै पालिकाहरुमा विभिन्न कार्यक्रमसहित दीप प्रज्वलन गरिँदै छ ।