बरहथवा, ०१ असोज – सर्लाहीको बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचाररत बिरामीलाई मङ्गलबार फलफूल र हर्लिक्स वितरण गरिएको छ ।
बरहथवा नगरपालिकाले पालिका दिवसको अवसर पारेर अस्पतालमा भर्ना भएर उपचाररत् बिरामी र सुत्केरीलाई फलफूल वितरण गरेको हो । सोही कार्यक्रममा सुत्केरी र उनीहरुले जन्माएको शिशुलाई कपडा वितरण गरिएको छ ।
नगरप्रमुख कल्पनाकुमारी कटुवाल, उपप्रमुख रामबाबु प्रसाद साहलगायत भएर प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा वृक्षरोपण समेत गरे ।