लालबन्दी, २९ भदौ – सर्लाही साहित्य समाजको नयाँ नेतृत्व चयन भएको छ ।
आज लालबन्दीमा सम्पन्न १० औँ साधारण सभाबाट उत्तमकुमार दाहाल अध्यक्ष रहने गरी सर्वसम्मत रुपमा ९ सदस्यीय कार्य समिति चयन गरिएको हो । समितिमा राजेश्वरी काफ्ले उपाध्यक्ष, सुमित्रा आचार्य सचिव, घनश्याम पन्त कोषाध्यक्ष र ठाकुरप्रसाद बख्रेल (मनोज) सह–सचिव चुनिएका छन् ।
यस्तै सदस्यहरुमा सूर्यप्रसाद बराल, गोविन्द काफ्ले, लीला चौलागाईं, अम्बिका पौडेल, देवकी अधिकारी र महेन्द्र्र महतो रहेका छन् ।
सर्लाही साहित्य समाजकी अध्यक्ष मीना देवकोटाको अध्यक्षता तथा लीला घिमिरेको प्रमुख आतिथ्यतामा लालबन्दी ७ स्थित लालबन्दी पार्टी प्यालेसमा सर्लाही साहित्य समाजको साधारण सभा सम्पन्न भएको हो ।