logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

भाईचारा कायम गरी पर्व मनाउन नागरिक समाजको अपिल


  • उज्यालो अभियान

मलंगवा, २८ भदौ – नागरिक समाज सर्लाहीले नजिकिँदो विश्वकर्मा पूजा, पैगम्बर हजरत मुहम्मदको जन्मदिन जस्ता पर्व मनाउँदा पारस्परिक सौहार्दता र भाइचारा कायम हुने गरी मनाउन अपिल गरेको छ ।

आज सदरमुकाम मलंगवामा बसेको नागरिक समाज जिल्ला कार्य समिति सर्लाहीको बैठकले पर्व मनाउँदा एकले अर्कालाई अवरोध नगर्न अपिल गरेको हो । बैठकले सामाजिक सद्भाव र भाईचारा कायम राख्न नागरिक समाजका सबै सदस्यले सक्दो सहयोग गर्ने निर्णय समेत गरेको नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झाले जानकारी दिए ।

दुई दिन अघि जिल्ला प्रशासन कार्यालयमा औपचारिक सर्वदलिय सर्पपक्षीय बैठक बसेर जुनसुकै पर्व मनाउँदा सामाजिक सद्भाव कायम हुने गरी मनाउने र कसैले त्यसक्रममा सामाजिक सद्भाव भड्काउने कार्य गरी कारवाही गर्ने निर्णय गरेको छ ।