लालबन्दी, २८ भदौ – नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको लालबन्दी नगर समिति गठन गरिएको छ ।
आज लालबन्दी ६ स्थित मदन आश्रीत भवनमा सम्पन्न भेलाले शक्ति साह अध्यक्ष रहने गरी खेलकुद महासंघको लालबन्दी नगर समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा किरण वाइवा र कृष्ण जर्गा मगर, सचिवमा धर्मेन्द्र राम, उपसचिवमा नवीना ढकाललगायत अन्य सदस्य रहेका छन् ।
नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव प्रभुनारायण शिवाकोटीको प्रमुख आतिथ्यतामा आयोजित भेलामा एमाले सर्लाहीका सचिव डिल्ली अधिकारी, जिल्ला कमिटी सदस्य गोविन्द महत, आभुषण चौलागाईंसहित अन्य नेताहरुको उपस्थिति रहेको थियो ।