logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हटेन टन्टलापुर घाम, स्कुले बालबालिका अतिप्रभावित


  • उज्यालो अभियान

लालबन्दी, २८ भदौ – एक सातादेखिको टन्टलापुर घाम अनि अत्यधिक गर्मीले सर्लाहीसहित तराई क्षेत्रको जनजीवन अतिप्रभावित बनिरहेको छ ।

चर्को घामका कारण विद्यालय जाने बालबालिका ज्यादै प्रभावित बनिरहेका छन् । टन्टलापुर घाममा उनीहरु असिनपसिन र शिथिल हुँदै विद्यालय पुगिरहेका छन् ।

मजदुर र किसानलाई पनि सारै समस्या पारेको छ ।

अत्यधिक गर्मी र टन्टालपुर घामले मध्यान्ह सडक, बजार सुनसान देखिएका छन् । चर्को घाम र गर्मीले मानिसमा टाउको दुख्ने, चक्कर लाग्ने, ज्वरो आउने जस्ता स्वास्थ्य समस्या बढेको छ ।

चिकित्सकले यस्तो मौसममा पानी प्रशस्त पिउन र अतिआवश्यक काम पर्दा बाहेक घाममा ननिस्कन सुझाव दिएका छन् ।