हरिपुर, २७ भदौ – सर्लाहीको हरिपुर नगरपालिका–४, का वडाध्यक्ष सन्जय प्रसाद साहले पानीमा डुबेर ज्यान गुमाएका सुकरत माझीको परिवारलाई सहयोग गरेका छन् ।
५० वर्षीय माझीको भदौ १६ गते घर नजिकको पोखरीमा डुबेर ज्यान गएको थियो । आर्थिक अवस्था दयनीय रहेको माझी परिवारलाई वडाध्यक्ष साहले आज बिहान हरैयास्थित घरमै पुगेर आफ्नो व्यक्तिगत तर्फबाट ५ हजार नगद, २५ केजी चामल र एक थान झुल प्रदान गरेका हुन् ।
वडाध्यक्ष साहले सुकरतको परिवारलाई वडाको तर्फबाट १० हजार नगद सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।