logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

जसपा नेपाल सर्लाहीले सिडिओमार्फत सरकारलाई ज्ञापन पत्र पठायो


  • उज्यालो अभियान

मलंगवा, २७ भदौ – जनता समाजवादी पार्टी नेपालले राजदूूत नियुक्ति समानुपातिक समावेशीताको आधारमा गर्न माग गरेको छ ।

सो पार्टीको सर्लाही जिल्ला कार्य समितिले हिजो प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै सरकारले हालै गरेको राजदूूत नियुक्ति समावेशी हुन नसकेको भन्दै राजदूूत नियुक्ति सम्वन्धमा गरिएको निर्णय तत्काल खारेज गर्न माग गरेको हो । राजदूूत नियुक्तिमा सरकारको तर्फबाट भएको कमीजोरीको विरोध गर्ने र समावेश बनाउन पहल गर्ने केन्द्रीय समितिको निर्णय बमोजिम सर्लाहीमा पनि जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापन पत्र पठाइएको जसपा नेपाल सर्लाहीका अध्यक्ष वीरेन्द्र रायले जानकारी दिए ।

ज्ञापन पत्रमार्फत जसपा नेपालले मधेश कृषि विश्वविद्यालय राजविराज, मधेश विश्वविद्यालय वीरगञ्ज र मधेश स्वास्थ्य विज्ञान प्र्रतिष्ठानलाई आवश्यक बजेट उपलब्ध गराई शैक्षिक कार्यक्रम र भौतिक संरचना निर्माण गर्ने वातावरण सिर्जना गर्न सरकारसँग माग गरेको छ ।

यि माग राख्दै जसपा नेपालले हिजो एकैसाथ मधेश प्रदेशका आठवटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको हो ।