logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरेक पर्व मनाउँदा सामाजिक सद्भाव र एकता कायम राखिराख्ने निर्णय


  • उज्यालो अभियान

मलंगवा, २६ भदौ – आउँदो विश्वकर्मा पूजा र इस्लाम धर्मका प्रवद्र्धक पैगम्बर मोहम्मदको जन्मदिन मनाउँदा सामाजिक सद्भाव र एकता कायम राखेर मनाउने निर्णय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मलंगवामा आज बसेको समन्वय÷सहजीकरण समितिको बैठकले पर्व मनाउँदा निकालिने शोभाजात्रा, र्याली, कलश यात्रा गर्दा कुनै पनि धर्म तथा पक्षलाई बाधा नपुर्याउने निर्णय गरिएको हो । यि कार्यक्रम गर्नुअघि स्थानीय प्रशासनसँग समन्वय गरी रुट तय गर्ने र शान्ति सुव्यवस्था कायम राख्न निर्धारित रुट सबैले अनिवार्य रुपमा पालना गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मलंगवाले जनाएको छ ।

यस्तै छलफलले धार्मिक, जातिय, साँस्कृतिक सद्भाव कायम गरी शान्ति सुव्यवस्था कायम राखी चाडपर्व मनाउन सबै पक्षले आ–आफ्नो दायित्व पुरा गर्ने, सामाजिक सद्भावमा खलल पुग्ने खालका गतिविधिमा संलग्न जो कोहीलाई कानून बमोजिम कारवाही गर्ने र सो कार्यमा सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्ने निर्णय भएको छ ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा आयोजित छलफलमा जिल्ला समन्वय समितिका उपप्रमुख जितेन्द्र कुशवाहा, मलंगवा नगरपालिकाका मेयर नागेन्द्रप्रसाद यादव, विभिन्न पालिकाका प्रमुख, सबै सुरक्षा निकायका प्रमुख, हिन्दु र मुस्लिम समुदायका अगुवालगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।