logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

जन्मदिनमा ब्लोनले गरे विपन्नलाई खाद्यान्न सहयोग


  • उज्यालो अभियान

हरिवन, २६ भदौ – सर्लाहीको हरिवन नगरपालिका–१०, का सन्जय ब्लोनले आफ्नो जन्मदिनमा अतिविपन्न २७ परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।

ब्लोनले हरिवन नगरपालिका–१० र बागमती नगरपालिका–२, का विपन्न परिवारलाई प्रति परिवार २५ केजी चामल, एक पोका नुन, दुई पोका तेल र दुई केजी दाल वितरण गरेका हुन् । मुख्य चाडपर्वहरु नजिकिँदै गर्दा गरिब परिवारमा के खाने कसो गर्ने भन्ने चिन्ता नहोस् भनी आफूले व्यक्तिगत तबरबाट ७० हजार रुपियाँ बराबरको खाद्य सामग्री प्रदान गरेको ब्लोनले बताए ।

बागमती नगरपालिकास्थित धरहरा बजार समितिका अध्यक्ष समेत रहेका ब्लोनले हरिवन १० का वडाध्यक्ष शम्भु मैनाली, सरिता घिसिङ, महेश कटुवाल, रोजन घिसिङ, रोशन लामालगायतको उपस्थितिमा २७ घर विपन्न परिवारलाई खाद्यान्न हस्तान्तरण गरेका हुन् ।