logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

ईश्वरपुरको हरकठवामा आगोले जलेर घाइते व्यक्ति काठमाण्डौं रेफर


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

गौरीशंकर, २५ भदौ – सर्लाहीको ईश्वरपुर नगरपालिका¬–१४, हरकठवामा आगोले जलेर गम्भीर घाइते भएका पुरुषलाई थप उपचारका लागि काठमाण्डौं रेफर गरिएको छ ।

आइतबार राति चुुरोटको ठुुटोबाट सल्किएको आगोमा जलेर हरकठवाका ४२ वर्षीय परीक्षण महतो गम्भीर घाइते भएका थिए । शरीरको कम्मरमाथिको ६० प्रतिसत भाग जलेर घाइते महतोलाई मोडेल अस्पताल लालबन्दीमा प्राथमिक उपचार गरी थप उपचारका लागि हिजो दिउँसापे बर्न अस्पताल काठमाडौंतर्फ लगिएको इलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासले जनायो ।

आइतबार राति महतो आफैले कोठाभित्र चुरोट पिएर फाल्दा नजिकै पानीको बोतलमा राखिएको पेट्रोलमा परेर आगलागी भएको हो । तत्कालै घरका मानिसले शरीरमा पानी खन्याएर महतोको उद्धार गरेका थिए ।